+
+
Shares

न्यायाधीशका पीएसओले आफैंलाई गोली प्रहार गर्दा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते ११:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उच्च अदालत पाटनका एक न्यायाधीशका पीएसओ प्रहरी हवल्दार डोलनाथ ढकालले बिहीबार साँझ टोखामा आफैंलाई गोली प्रहार गर्दा मृत्यु भएको छ।
  • काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा डीआईजी गोविन्द थपलियाले गोली प्रहारपछि घाइते ढकालको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए।
  • प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार न्यायाधीशको सुरक्षाका लागि बोक्दै आएको पेस्तोलले ढकालले आफैंलाई गोली हानेका हुन्, कारण खुलेको छैन।

४ मंसिर, काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) ले आफैंलाई गोली प्रहार गर्दा मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रहरी हवल्दार डोलनाथ ढकाल रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा डीआईजी गोविन्द थपलियाले बताए ।

गोली प्रहारपछि घाइते भएका उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

टोखा बस्दै आएका उनले बिहीबार साँझ टोखामा आफैंलाई गोली प्रहार गरेको एक अनुसन्धान अधिकृतले बताए ।

न्यायाधीशको सुरक्षाका लागि बोक्दै आएको पेस्तोलले आफैंलाई गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । यसको कारण भने खुल्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?