News Summary
Generated by OK AI. Editorially reviewed.- ‘बिग बोस २०’ मा खानेकुरा लुकाएको विषयले घरभित्र हंगामा भएको छ र मटरको प्याकेट लभ गिलले लुकाएको खुलेको छ।
- यंग डीएसए र लभ गिलबीच खानेकुरा नखाने विषयलाई लिएर विवाद चर्किएको छ र उनीहरूले एकअर्काप्रति व्यक्तिगत टिप्पणी गरेका छन्।
- काजी तौकीरले स्काउटसँग मिलेर घरका अन्य प्रतिस्पर्धीको मजाक उडाउँदै रोस्ट गरिरहेका छन्।
रियालिटी शो ‘बिग बोस २०’ मा प्रतिस्पर्धीबीचको विवाद र झगडा बढ्दै गएको छ । घरभित्र सामान्य कुरामै चर्काचर्की हुन थालेको छ ।
पछिल्लो प्रोमोमा खानेकुरा लुकाएको विषयलाई लिएर हंगामा भएको छ भने यंग डीएसए र लभ गिलबीच चर्काचर्की भएको देखिन्छ । यसैबीच काजी तौकीर भने स्काउटसँग बसेर घरका अन्य प्रतिस्पर्धीको मजाक उडाउँदै रोस्ट गरिरहेका छन् ।
बिग बोसको नयाँ प्रोमोमा घरभित्र खानेकुरा हराएको विषय उठेको छ । उदितिको हातमा मटरको एउटा प्याकेट देखिन्छ, जसलाई कसैले लुकाएको थियो ।
त्यसपछि घरका प्रतिस्पर्धीले कसले खानेकुरा लुकायो भन्दै प्रश्न गर्न थाल्छन् ।
यसक्रममा यंग डीएसएले ‘कुनै भिखारीले लुकाएको होला’ भन्दै व्यंग्य गर्छन् । अरिश्फाले पनि ‘यिनीहरूको यस्तो दिन आयो’ भन्दै प्रतिक्रिया जनाउँछिन् ।
‘आटा-चामल चोर्ने मान्छे घटिया हो’ भन्दै काजी तौकीरले टिप्पणी गर्छन् । पछि, उक्त मटरको प्याकेट लभ गिलले लुकाएको खुलेपछि घरमा थप चर्चा हुन्छ ।
यंग र लवबीच चर्काचर्की
खानेकुरा लुकाएको विषयकै बीच यंग डीएसए र लव गिलबीच विवाद चर्किन्छ । लभले आफूहरूले अण्डा नखाने बताउँछिन् ।
त्यसपछि यंगले उनीप्रति व्यंग्य गर्दै टिप्पणी गर्छन् । यंगको टिप्पणीपछि लभ पनि आक्रोशित हुन्छिन् । उनले यंगलाई ‘तँ के खान्छस् ?’ भन्दै जवाफ फर्काउँछिन् ।
त्यसपछि दुवैबीच आरोप-प्रत्यारोप सुरु हुन्छ । विवाद बढ्दै जाँदा उनीहरूले एकअर्काप्रति व्यक्तिगत टिप्पणीसमेत गर्न थाल्छन् ।
उता, काजी तौकीर भने स्काउटसँग मिलेर घरका अन्य प्रतिस्पर्धीलाई रोस्ट गरिरहेका छन् । उनको व्यंग्य र प्रतिस्पर्धीबीचको चर्काचर्कीले बिग बोसको घरमा नयाँ मनोरञ्जन थपिएको छ ।
प्रतिक्रिया 4