+
+
Shares

चुनावको तयारीबारे शीर्ष नेताहरूसँगको छलफलमा उठ्यो निष्पक्षताको प्रश्न

विभिन्न राजनीतिक दलका नेताहरूले नै विगतमा कतिपय प्रश्न उठेको स्मरण गर्दै फेरि पनि निष्पक्ष चुनाव हुने वा नहुने विषयमा प्रश्न उठाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते १४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्थानीय तह निर्वाचन तयारीबारे निर्वाचन आयोगको छलफलमा शीर्ष नेताहरूले निष्पक्ष चुनाव हुने वा नहुने प्रश्न उठाएका छन् ।
  • प्रचण्डले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी हुनुपर्ने बताउँदै मतगणना र मतपेटिका व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
  • उनले विगतका निर्वाचनमा मत हराउने, फरक परिणाम आउने र प्रतिनिधिलाई मतपेटिका ओसारपसारमा सहभागी नगराइएको गुनासा दोहोरिन नदिन चेतावनी दिएका छन् ।

४ मंसिर, काठमाडौं । स्थानीय तहको निर्वाचन तयारीबारे निर्वाचन आयोगले गरेको छलफलमा निष्पक्षताको प्रश्न उठेको छ । विभिन्न राजनीतिक दलका नेताहरूले नै विगतमा कतिपय प्रश्न उठेको स्मरण गर्दै फेरि पनि निष्पक्ष चुनाव हुने वा नहुने विषयमा प्रश्न उठाएका हुन् ।

निर्वाचन आयोगले शुक्रबार गरेको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरू सहभागी थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पुगेका थिए । तर उनी पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा बस्न भनेर आफू बाहिरिएका थिए ।

आयोगले गरेको छलफलमा शीर्ष नेताहरूले नै निष्पक्षताको प्रश्न उठाएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी हुनुपर्ने बताए । मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्ने उनको आग्रह छ ।

संयोजक प्रचण्डले विगतका निर्वाचनमा मतगणना, मतपरिणाम र मतपेटिका व्यवस्थापनलगायतका विषयमा विभिन्न प्रश्न तथा गुनासा उठ्ने गरेको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यस्ता समस्या दोहोरिन नदिन निर्वाचन आयोगको विशेष ध्यान जानुपर्ने बताए ।

उनले विगतका निर्वाचनमा कतिपय उम्मेदवारले आफ्नो मत हराएको, आफूले अपेक्षा गरेभन्दा फरक मतपरिणाम आएको तथा उम्मेदवारका प्रतिनिधिलाई मतपेटिका ओसारपसारका क्रममा सहभागी हुन नदिएको जस्ता गुनासा गरेको स्मरण गराए । आगामी निर्वाचनमा यस्ता प्रश्न उठ्ने अवस्था आउन नदिन निर्वाचन प्रक्रिया थप पारदर्शी र विश्वसनीय बनाउनुपर्ने उनको आग्रह छ ।

प्रचण्डले गएको निर्वाचन सामान्य परिस्थितिमा सम्पन्न नभएको उल्लेख गर्दै लोकतन्त्रको निरन्तरता र संविधान कार्यान्वयनलाई गति दिन विभिन्न राजनीतिक दल तथा नेताहरूले विशेष भूमिका खेलेको बताए। निर्वाचनमा प्राप्त मत र जित–हार मात्र नभई लोकतन्त्रको निरन्तरता तथा संस्थागत विकासका लागि राजनीतिक दल र नेताहरूले निर्वाह गरेको भूमिकाको पनि मूल्यांकन हुनुपर्ने उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?