काठमाडौं । कवि तथा गीतकार दिपा मेवाहाङको गीत ‘आउँछन् होला’ सार्वजनिक भएको छ । मेलिना राईको स्वर रहेको गीत दिपा मेवाहाङ राई अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएको हो ।
माया प्रेमको भावलाई समेटिएको गीतको म्युजिक भिडियोमा अनुषा राई, डिजे मेवाहाङ र रिदिमा राईको अभिनय रहेको छ । सुम्निमा फिल्मसको पोस्ट प्रोडक्सनमा तयार भएको यो गीतको भिडियोलाई संजीव राईले निर्माण गरेका हुन् ।
रोजगारीको सिलसिलामा कोरियामा रहेकी दिपा मेवाहाङको कवितासंग्रह ‘यादको सन्दुक’ प्रकाशित छ भने दर्जनौं गीतहरू रेकर्ड भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4