+
+
Shares

जापानी प्रविधि र लगानी विस्तारबारे उद्योगमन्त्री साह र जापानी राजदूतबीच छलफल

शिष्टाचार भेटमा नेपाल र जापानबीचको द्विपक्षीय आर्थिक तथा औद्योगिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा कुराकानी भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते १८:५८

४ मंसिर, काठमाडौं । नेपालमा जापानको उन्नत प्रविधि भित्र्याउने, जापानी लगानी विस्तार गर्ने र नेपाली उद्योगको आधुनिकीकरण गर्ने विषयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि जापानी राजदूत माइदा तोरुबीच भेटवार्ता भएको छ ।

शिष्टाचार भेटमा नेपाल र जापानबीचको द्विपक्षीय आर्थिक तथा औद्योगिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा कुराकानी भएको छ ।

छलफल विशेषगरी नेपाली उद्योगको उत्पादन क्षमता अभिवृद्धि, प्रविधि हस्तान्तरण र नेपालमा जापानी लगानीका सम्भावनाबारे केन्द्रित थियो ।

यस्तै औद्योगिक विकासका लागि नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न तथा रोजगारीका अवसर सिर्जना गर्न जापानसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ ।

भेटवार्ताले नेपाल–जापान आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन र नेपालको औद्योगिक विकासमा जापानी प्रविधि तथा लगानी आकर्षित गर्न सकारात्मक योगदान पुग्ने अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?