+
+
Shares

सवारी दुर्घटनामा एकको मृ*त्यु, चार घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ५ गते १०:३६

५ मङ्सि, सुनसरी । जिल्लामा गएराति भएका बेग्ला–बेग्लै दुई दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

गएराति कोशी गाउँपालिका–८ स्थित कोशीब्यारेज नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार १९ वर्षीय जयप्रकाश यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बा प्र ०३–००१ ख ३४६३ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको को २२ प १६५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा गएराति मृत्यु भएको थियो ।

प्रहरीले ट्रक चालक मकवानपुर कैलाश गाउँपालिका–६ सञ्जय रिजाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । त्यस्तै आज बिहान दुहबी नगरपालिका–८ मा मोटरसाइकलको ठक्करबाट दुई पैदलयात्रीसहित चार जना घाइते भएका छन् ।

इटहरीबाट दुहबीतर्फ जाँदै गरेको कोशी प्रदेश ०२-०६२ प ७८७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । घाइतेमध्ये नेपाल प्रहरीका हबलदार रोहितकुमार राजवंशीसमेत रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार, चारै जना घाइतेको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यसमध्ये हबलदार राजवंशी र अजयकुमार चौधरीको अवस्था गम्भीर रहेकाले सूचना अधिकारी खड्काले बताए । प्रहरीका अनुसार मोटरसाइकल चालकले मादकपदार्थ सेवन गरेको परीक्षणबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?