+
+
Shares

करिब १० लाख रुपैयाँसहित कौडा खेलिरहेका २४ जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले शुक्रबार राति ९:३० बजे जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ५ गते १४:०४

५ मंसिर, काठमाडौं । काठमाडौंको मैपीस्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले शुक्रबार राति ९:३० बजे जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट नेपाली रुपैयाँ ९ लाख ६० हजार ५००, अमेरिकी डलर ४६०, भारतीय रुपैयाँ ५०० र १६ थान कौडा बरामद गरिएको छ ।

पक्राउ पर्नेमा निरज निरौला, बसन्त अधिकारी, सुजन श्रेष्ठ, नारायण श्रेष्ठ, राजेश केसी, विनोद घिमिरे, रामकृष्ण कार्की, जलेश पाण्डे, दिनेश भट्टराई, प्रदीप कडेल, माधव बिष्ट, शालिग्राम वाग्ले, जयराम पाण्डे, शिव भट्ट, सन्दिप पौडेल, सुनिल श्रेष्ठ, प्रेम श्रेष्ठ, महेश दाहाल, श्याम शर्मा, अरुण बस्नेत, सुमन रिजाल, प्रदीप गौतम, आनन्द राज त्रिपाठी र अनिल सिलवाल रहेका छन् ।

उनीहरूमाथि जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?