+
+
Shares

दैलेखमा श्रीमान्‌को बञ्चरो प्रहारबाट घाइते श्रीमतीको पनि मृत्यु (अपडेट)

अन्य दुई छोराछोरीको मृत्यु, एक गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ५ गते १५:५७

५ मंसिर, सुर्खेत । दैलेखमा श्रीमान्को बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी श्रीमती मनिषा सलामी मगरको पनि मृत्यु भएको छ ।

आफ्नै श्रीमती र तीन सन्तानमाथि चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोला गाउँका अम्बर सलामी मगरले बञ्चरो प्रहार गरेका थिए ।

उक्त घटनामा उपचारका क्रममा १२ वर्षीय छोरा तपेन्द्र सलामी र ३ वर्षीया छोरी करिश्मा सलामीको मृत्यु भएको थियो । दुवैलाई तत्काल नगर अस्पताल दुल्लु पुर्‍याइए पनि चिकित्सकले बिहान ११:१० बजे मृत घोषणा गरिएको थियो ।

सोही आक्रमणमा गम्भीर घाइते भएकी श्रीमती मनिषाको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

दिउँसो २ बजेर १० मिनेटमा प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा उपचारका क्रममा मनिषाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा घाइते भएका ६ वर्षीय छोरा मिलन सलामीको भने उपचार भइरहेको छ ।

घरभित्रै भएको यो घटनाले चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोला गाउँ शोकमा डुबेको छ ।

शनिबार बिहान करिब ९:३५ बजे ३८ वर्षीय अम्बर सलामी मगरले घरायसी विवादका क्रममा आफ्नै श्रीमती र तीन सन्तानमाथि दाउरा काट्ने बञ्चरो प्रहार गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?