चर्चित पप गायिका तथा अभिनेत्री माइली साइरसले विवाह गरेकी छिन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी उनले प्रेमी म्याक्स मोरान्डोसँग विवाह गरेकी हुन् । सञ्चारमाध्यमहरूमा आएका खबरअनुसार उनीहरूले नोभेम्बर २१ मा क्यालिफोर्नियामा निजी समारोहबीच विवाह गरेका हुन् । विवाह समारोहमा परिवारका सदस्य र निकट साथीहरू मात्रै सहभागी थिए ।
माइली म्याक्सभन्दा ६ वर्ष जेठी
ग्रामी अवार्ड विजेता माइली साइरस र म्याक्स मोरान्डोबीच उमेरको अन्तर पनि छ । माइली आफ्ना जीवनसाथीभन्दा करिब ६ वर्ष जेठी छिन् । माइली ३४ वर्षकी भइन् । म्याक्स भने २८ वर्षका छन् ।
‘इन्टरटेनमेन्ट टुनाइट’ को रिपोर्टअनुसार विवाह समारोहमा माइलीले ब्याकलेस वेडिङ गाउन लगाएकी थिइन् । पप कल्चर अकाउन्ट DeuxMoi ले विवाहका तस्वीर सार्वजनिक गरेको छ ।
माइलीकी आमा तथा निर्माता टिश साइरस र उनकी कान्छी बहिनी, गायिका तथा गीतकार नोआ साइरस पनि विवाह समारोहमा उपस्थित थिए । विवाहको एक दिनअघि, नोभेम्बर २० मा आयोजित वेडिङ रिहर्सल डिनरमा माइली र म्याक्स दुवै कालो पहिरनमा देखिएका थिए ।
को हुन् म्याक्स मोरान्डो ?
माइली साइरसका पति म्याक्स मोरान्डो ड्रमर तथा संगीत निर्माता हुन् । उनी यसअघि रक ब्यान्ड ‘लिली’ मा ड्रम बजाउँथे । माइली र म्याक्स पहिलोपटक सन् २०२१ मा ब्लाइन्ड डेटमार्फत भेटिएका थिए । रिपोर्टअनुसार म्याक्सलाई ठूलो सेलिब्रिटी बन्ने चाहना थिएन । उनी चर्चाको केन्द्रभन्दा टाढा सामान्य जीवन बिताउन रुचाउँथे ।
प्रतिक्रिया 4