+
+
Shares

त्रिविले रसुवा बाढी प्रभावित विद्यार्थीका लागि १६ शीर्षकमा शुल्क मिनाहा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते १३:४७

६ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रसुवा भोटेकोशी बाढीबाट विस्थापित भएका विद्यार्थीको शुल्क मिनाहा गर्ने निर्णय गरेको छ ।

बाढीबाट प्रभावित त्रिविको वार्षिक/सेमेस्टर प्रणालीमा अध्ययनरत तथा नयाँ भर्ना हुन चाहने विद्यार्थीका लागि सम्बन्धित स्थानीय निकायको सिफारिस गरेपछि शुल्क मिनाहा हुनेछ ।

त्रिविका प्रवक्ता नविन्द्र भण्डारीका अनुसार धरौटी, परीक्षा शुल्क, त्रिवि रजिष्ट्रेशन शुल्कबाहेकका शुल्क मिनाहा हुनेछ । त्रिवि फा.नं. १ मा उल्लेखित शुल्क मिनाहा गर्न सम्पूर्ण क्याम्पस, केन्द्रीय विभाग र केन्द्रहरूलाई निर्देशन त्रिविले निर्देशन दिएको छ । उक्त फारम अनुसार १६ वटा शुल्क मिनाहा हुनेछ ।

जसमा क्याम्पस प्रवेश शुल्क, त्रिभुवन विश्वविद्यालय दर्ता शुल्क, शिक्षण शुल्क, परिचय पत्र शुल्क, खेलकुद शुल्क, प्रयोगशाला शुल्क, पुस्तकालय शुल्क, परीक्षा शुल्क, छात्रावास शुल्क, जरिबाना, सोधपत्र शुल्क, विविध शुल्क, पुस्तकालय धरौटी, छात्रवास धरौटी, प्रयोगशाला धरौटी र विविध विद्यार्थी धरौटी शुल्क मिनाहा हुने त्रिविले जनाएको छ ।

बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ गोरखा र चितवन जिल्लाका विद्यार्थी प्रभावित भएका छन् ।

तोकिएको शैक्षिक सत्रको वार्षिक/सेमेस्टर प्रणालीमा भर्ना भई अध्ययनरत रहेका र आगामी शैक्षिकसत्रमा भर्ना हुन योग्यता पुगेका विद्यार्थीको १६ वटा शीर्षकको शुल्क मिनाहा हुने हो । यो नियम आर्थिक वर्ष २०८३/८४ देखि आर्थिक वर्ष २०८७/८८ सम्म मात्र कायम हुने त्रिविले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?