+
+
Shares

देउवा पक्षको जनसम्पर्क समिति क्यानडाको सभापतिमा रावत र स्पेनमा कार्की

देउवा पक्षले गरिरहेको १५ औं नियमित महाधिवेशनका क्रममा दुवै जनसम्पर्क समितिमा अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते १५:२१

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाली जनसम्पर्क समिति क्यानडामा वीरेन्द्र रावत र स्पेनमा सुमनजंग कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

देउवा पक्षले गरिरहेको १५ औं नियमित महाधिवेशनका क्रममा दुवै जनसम्पर्क समितिमा अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरेको हो ।

क्यानडा जनसम्पर्क समितिमा रावत सभापति चयन हुँदा उपसभापतिमा निर्मला गिरि कार्की, महामन्त्रीमा राजीव कँडेल, सहमहामन्त्री प्रज्वल रंजितकार र कोषाध्यक्षमा रविन श्रेष्ठलाई चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा मिकेश पौडेल, रिद्दीप शाह, मणिकुमार कार्की, विवेक राउत, कविता बस्नेत र महिमा बज्राचार्य चयन भएका छन् ।

यस्तै, महाधिवेशन प्रतिनिधिमा स्वस्थानी कार्की, सरिता केसी, संजिता कटुवाल स्मृति थापा र महासमिति सदस्यमा वीरेन्द्र रावत, राजीव कँडेल र सुशान्त राउत चयन भएका छन् ।

यस्तै, जनसम्पर्क समिति स्पेनमा कार्की सभापति चयन हुँदा नरेन्द्र सिंह सचिव र सदस्यमा सोममाया तामाङ, भूमिका बुढाथोकी, सूर्यबहादुर लामा र अमित तामाङ चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?