+
+
Shares

बैतडीमा बसबाट लडेर ७० वर्षीय वृद्धको मृत्यु

मेलौलीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ ख ९१९ नम्बरको बसबाट आइतबार बिहान करिब साढे १० बजे मेलतडामा झर्ने क्रममा चन्द ढोकाबाट लडेर गम्भीर घाइते भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते १६:१२

६ मंसिर, बैतडी । बैतडीमा बसबाट झर्ने क्रममा लडेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ मेलतडाका ७० वर्षीय नारायण चन्दको बसबाट झर्ने क्रममा लडेर मृत्यु भएको हो ।

मेलौलीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ ख ९१९ नम्बरको बसबाट आइतबार बिहान करिब साढे १० बजे मेलतडामा झर्ने क्रममा चन्द ढोकाबाट लडेर गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नवराज भट्टले जानकारी दिए ।

घटनापछि बस र चालक मेलौली नगरपालिका–९ घर भएका ४८ वर्षीय अशोक चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?