८ मंसिर, काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ ।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बिहान साढे ९ बजे बस्दैछ । जहाँ मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल गर्ने कार्यसूची छ ।
टेन्डरको सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको र यो प्रक्रियासंगत रूपमा त्रुटिपूर्ण रहेको भनेर उजुरी परेको छ । उजुरीकर्ताले ठेक्का रद्द गरेर अगाडि बढ्दा राज्यलाई नै घाटा हुने जिकिर गरेका छन् ।
यस्तो उजुरी प्राप्त भएपछि समितिले उक्त उजुरीउपर छलफल गर्न लागेको हो ।
अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ । जहाँ अर्थ सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथि छलफल छ ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ९ बजेदेखि जारी छ । जहाँ मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ विधेयकमा दफावार छलफल चलिरहेको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्दैछ । जहाँ चलचित्र विधेयकमाथि छलफल गर्ने कार्यसूची छ ।
प्रतिक्रिया 4