+
+
Shares

प्यालेस्टाइनी शरणार्थीका लागि भारतले गर्‍यो २५ लाख डलर सहयोग

भारतले उपलब्ध गराएको यो रकम यूएनआरडब्ल्यूएका आधारभूत कार्यक्रम तथा सेवा सञ्चालनमा खर्च गरिनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते १५:०६

भारत सरकारले प्यालेस्टाइनी शरणार्थीको कल्याण र सहायताका लागि संयुक्त राष्ट्रसंघको युनाइटेड नेसन्स रिलिफ एन्ड वर्क्स एजेन्सी फर प्यालेस्टाइन रिफ्युजीज इन द नियर इस्ट (यूएनआरडब्ल्यूए) लाई २५ लाख अमेरिकी डलर आर्थिक सहयोग प्रदान गरेको छ ।

यो सहयोग आर्थिक वर्ष २०२६/२७ का लागि भारतले दिने घोषणा गरेको ५० लाख अमेरिकी डलर वार्षिक योगदानकै एक हिस्सा रहेको बताइएको छ । भारतले उपलब्ध गराएको यो रकम यूएनआरडब्ल्यूएका आधारभूत कार्यक्रम तथा सेवा सञ्चालनमा खर्च गरिनेछ ।

रियादस्थित भारतीय दूतावासले एक्समार्फत सार्वजनिक गरेको विज्ञप्तिमा यस सहयोगले प्यालेस्टाइनी शरणार्थीलाई शिक्षा, स्वास्थ्य सेवा तथा राहत उपलब्ध गराउने प्रयासलाई थप मजबुत बनाउने उल्लेख छ ।

प्यालेस्टाइनका लागि भारतकी प्रतिनिधि महिमा सिकन्दले यूएनआरडब्ल्यूएका वरिष्ठ वित्तीय सहायक खालिद हिन्दियालाई उक्त सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।

सो अवसरमा उनले प्यालेस्टाइनी शरणार्थीको सहयोगका लागि मानवीय सहायता तथा औषधि उपलब्ध गराउने भारतको प्रतिबद्धता पनि दोहोर्‍याएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?