+
+
Shares

तस्वीरमा नेपाली महिलाको इतिहास र संघर्ष

रासस रासस
२०८३ मंसिर १० गते ६:२०

१० मंसिर, गण्डकी । न्याय, मुक्ति र समानताका लागि इतिहासका कालखण्डमा नेपाली महिलाले गरेका संघर्ष र योगदानलाई झल्काउने गरी पोखरामा बुधबारदेखि ‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’ तस्वीर प्रदर्शनी आयोजना गरिएको छ ।

फोटो सर्कलअन्तर्गत नेपाल पिक्चर लाइब्रेरीद्वारा लेकसाइडको बाराहीघाटमा आयोजित उक्त प्रदर्शनीमा राजनीति, शिक्षा, साहित्यलगायत क्षेत्रमा योगदान पुर्याएका नेपाली महिलाका कथा समेटिएका तस्वीरहरू राखिएको छ ।

तस्वीर प्रदर्शनीको संयोजक सम्झना नेपालीका अनुसार चार सयभन्दा बढी तस्वीर प्रदर्शनीमा राखिएको छ । महिलाको इतिहास, संघर्ष र योगदानलाई सार्वजनिक स्मृतिमा स्थापित गर्ने उद्देश्यले तस्वीर प्रदर्शनीको आयोजना गरिएको उनले बताइन् । नेपाल पिक्चर लाइब्रेरीले अभिलेख गरेका तस्वीर मध्येबाट महिला आन्दोलन र सशक्तिकरणसँग सम्बन्धित तस्वीरलाई प्रदर्शनीमा राखिएको समन्वय संयोजक नेपालीले बताइन् ।

‘सार्वजनिक जीवनमा महिलाको भूमिका, योगदान र संघर्षलाई तस्वीर–कथामार्फत देखाउन खोजिएको छ,’ उनले भनिन्, यसले महिला इतिहासलाई संरक्षित गर्दै महिलावादी अठोटलाई कायम राख्न मद्दत पुर्याउने हाम्रो विश्वास छ ।’

तस्वीर प्रदर्शनीलाई जनतामाझ महिला, महिलाका रचना, टुकी मुनिको उज्यालोमा पढ्दै, महिलाका लागि महिला आदि गरी विभिन्न भागमा बाँडिएको छ । तस्वीरसँगै त्यसको एतिहासिक सन्दर्भ र पृष्ठभूमि उल्लेख गरिएको छ ।

राणा शासनकालमा महिलाले गरेका संघर्षदेखि माओवादी जनयुद्धमा महिलाले गरेको बलिदानका गाथासम्मलाई तस्वीर–कथामा समेटिएको छ ।

तस्वीर प्रदर्शनी आगामी शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । यसअघि वीरगञ्ज, जनकपुर, नेपालगन्ज, सुर्खेतलगायत ठाउँमा तस्वीर प्रदर्शनीको आयोजना गरिएको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?