+
+
Shares

समयमै राफसाफ नगरेपछि ब्रोकर नम्बर ७३ को कारोबार निलम्बन

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १३:००

१० मंसिर, काठमाडौं । समयमै कारोबार राफसाफ तथा फर्स्याैट नगरेपछि नेप्सेले ब्रोकर नम्बर ७३ को कारोबार निलम्बन गरेको छ ।

तीन दिनका लागि पुतलिसडकस्थित मनी वर्ल्ड सेयर एक्स्चेन्ज प्रालिले कारोबार गर्न पाउने छैन ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निलम्बनका लागि सिफारिस भई आएकोले निलम्बन गरिएको नेप्सेले एक सूचनामार्फत जनाएको छ ।

नेप्सेका अनुसार धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२ (१) छ बमोजिम ३ दिनका लागि निलम्बन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?