+
+
Shares

इलामको पशुपतिनगरबाट १६ लाख बढीको सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १३:०९

१० मंसिर, काठमाडौं । इलामको पशुपतिनगरबाट सशस्त्र प्रहरी बलले साढे १६ लाख रुपैयाँभन्दा बढीको अवैध सामान र केही चौपाय नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतीनगरले चालु आर्थिक वर्षको सामान महिनादेखि ९ मंसिरसम्म अवैध रुपले चोरी पैठारी तथा निकासी हुँदै गरेका १६ लाख ५३ हजार २ सय ५० रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।

त्यसैगरी यो बीचमा तस्करी हुँदै गरेका केही पशु चौपाय समेत नियन्त्रणमा लिइएको छ । सो अवधिमा गुल्मले इलामको सूर्योदय नगरपालिकाको सातवटा छुट्टाछुट्टै ठाउँहरूमा गरेको कारबाहीको क्रममा स्याउ, फर्सीको बियाँ, जुत्ता चप्पल तथा मदिराजन्य पदार्थ लगायतका सामान बरामद गरेको हो ।

बरामद गरिएका सामानमध्ये  १ सय ७८ कार्टुन अर्थात् ३ हजार ५ सय ६० किलो  स्याउ, २० कार्टुन मदिराजन्य पदार्थ, जुत्ता चप्पल, ५ सय ७० किलो फर्सीको बियाँ लगायतका सामान छन् ।

उक्त सामानहरू सूर्योदय नगरपालिका अन्तर्गत मानेभञ्ज्याङ, चारमाइल तथा नाकापानी सीमा इलाका र खोलागोदाम क्षेत्रबाट बिओपी मानेभञ्ज्याङ र बिओपी छब्बिसे सहितको संतुक्त टोलीले बरामद गरिएको थियो । सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यकासाथ सशस्त्र प्रहरीले निरन्तर गस्ती, पट्रोल र निगरानी गर्दै आएको छ ।

यो गुल्मको कमाण्ड सशस्त्र प्रहरीको मिडिया शाखामा लामो समय काम गरेका डीएसपी शैलेन्द्र थापाले गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?