+
+
Shares

‘दिलरुबा दिलनसिन’ फेम्ड गायक रीतो गाउँछन्, ‘कान्छीलाई घुमाउने म्यानचेस्टर सहर’

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १४:२४

‘नपत्याउँदो खोलाले बगाउँछ’ भनेजस्तै यतिबेला रीतो रिबाको गीतले तुफान पैदा गरिदिएको छ। ‘दिलरुबा दिलनसिन’ गीत सामाजिक सञ्जाललाई तरङ्गित बनाउँदै सबैतिर फैलिएको छ। यस गीतले माहोल कस्तोसम्म बनाइदिएको छ भने, गीत बज्नासाथ शरीरका अवयवहरू त्यसैत्यसै नाच्न थाल्छन्।

यो गीत उसैको सिर्जना हो, जो चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’को शीर्ष उपाधि नजिक नपुग्दै बाहिरिए। प्रतियोगिताको १३औँ संस्करणमा सहभागी भएका उनले त्यहाँ सधैँ सम्झनलायक क्षण छाडिदिए। किनभने प्रतियोगिताकै क्रममा निर्णायकले दिएको चुनौती स्वीकार्दै उनले एउटा गीत रचना गरेका थिए, ‘हिर रञ्जा’। यो गीतले त्यतिबेलै तहल्का मच्चाइदियो।

उक्त गीत रिलिज भएपछि युट्युबमा करोडौँ पटक हेरियो। गीतले स्पोटिफाइ इन्डियाको टप १० मा समेत स्थान बनायो।

उनै रीतो रिबा यतिबेला लाइमलाइटमा छन्। आफ्नै प्रतिभाको आलोकमा टेकेर उनी सर्वत्र छाएका छन्।

रीतो खासमा भारतको अरुणाञ्चल प्रदेशका हुन्। सामान्य परिवारका रीतो यतिबेला धेरै खोजिने र हेरिने पात्र पनि हुन्। उनको फेसबुक पेजमा झ्याम्मिने र प्रतिक्रिया दिनेहरू बढ्दो छन्। यसैबीच उनले एउटा भिडियो पोस्ट गरेका छन्, जसमा उनी स्ट्रिट फुडको स्वाद लिइरहेका देखिन्छन्। त्यससँगै उनी गाउँछन्, ‘कान्छीलाई घुमाउने म्यानचेस्टर सहर।’

नेपाली गीतसङ्गीतमा पनि रुचि राख्छन् सायद। नेपाली पनि मज्जाले बोल्छन्। खानेकुरा खाँदै उनी नेपालीमा भन्छन्, ‘कस्तो लाग्दैछ हौ, यति राम्रो छ।’

भनिहालौँ, रीतो रिबा भारतको अरुणाञ्चल प्रदेशस्थित पासिघाटमा जन्मिएका र हुर्किएका हुन्। उनी त्यहाँको स्थानीय आदिवासी समुदायका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?