+
+
Shares

मायादेवी गाउँपालिकाका १४८ सुकुमवासी परिवारले पाए लालपुर्जा

गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले सुकुमवासी परिवारलाई प्रमाणपुर्जा वितरण गरेका छन् ।

रासस रासस
२०८३ मंसिर १० गते २१:३५
प्रतीकात्मक तस्वीर

१० मंसिर, रूपन्देही । रूपन्देहीको मायादेवी गाउँपालिका–७ का १४८ सुकुमवासी परिवारले १३ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् ।

साविक हाटीबगाई गाविस–६ मा बसोबास गर्दै आएका उनीहरूको जग्गाको नापजाँच विसं २०७० मा सम्पन्न भएको थियो । नापजाँच र नक्साङ्कनको काम सकिए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा प्रमाणपुर्जा वितरण हुन सकेको थिएन ।

लामो समयदेखि रोकिएको प्रक्रिया पूरा भएपछि गाउँपालिकाले १४८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले लाभग्राही परिवारलाई प्रमाणपुर्जा वितरण गरेका छन् । जिल्ला नापी कार्यालय रूपन्देहीका अनुसार आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई प्रमाणपुर्जा उपलब्ध गराइएको हो ।

प्रमाणपुर्जा प्राप्त भएसँगै ती परिवारको जग्गामाथिको कानुनी स्वामित्व स्थापित भएको छ । यसबाट जग्गाको स्वामित्वसम्बन्धी कानुनी पहिचान सुनिश्चित हुनुका साथै सम्पत्तिको सुरक्षा र उपयोगमा सहज हुने अपेक्षा गरिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?