+
+
Shares

दशौं राष्ट्रिय खेलकुद : क्रिकेट अम्पायरिङमा २३ वर्षीया निरुताको डेब्यु

पहिलोपटक दुवै अनफिल्ड अम्पायर महिला

२३ वर्षीया निरुता जिटीले क्रिकेट अम्पायरका रूपमा डेब्यु गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते ७:०३

११ मंसिर, काठमाडौं । २३ वर्षीया निरुता जिटीले क्रिकेट अम्पायरका रूपमा डेब्यु गरेकी छन् ।

१०औं राष्ट्रिय खेलकुदअन्तर्गत बिहीबार भएको महिला क्रिकेटमा लुम्बिनी र मधेश प्रदेशबीचको खेलबाट निरुताले अम्पायरिङ यात्रा सुरु गरेकी हुन् ।

उनलाई आईसीसी अम्पायर सन्जय गुरुङले डेब्यु क्याप दिए । उनलाई अर्को एन्डबाट सुशीलकुमार यादवले साथ दिएका थिए ।

स्याङ्जाकी निरुताले यसअघि गण्डकी प्रदेशबाट घरेलु क्रिकेट खेलेकी थिइन् । खेलाडीका रूपमा क्रिकेटमा जोडिएकी उनी सानै उमेरमा अम्पायरिङतर्फ लागेकी हुन् ।

यस्तै, नेपाली राष्ट्रिय क्रिकेटमा पहिलोपटक अनफिल्ड अम्पायरको जिम्मेवारी दुवै महिलाले निर्वाह गरेका छन् । गण्डकी र बागमती प्रदेशबीचको खेलमा गौरी बोहरा र नितु थापाले अनफिल्ड अम्पायरको भूमिका निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?