११ मंसिर, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले १६.९१७६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले चुक्ता पूँजी २० अर्ब पुर्याउनका लागि सो हकप्रद सेयर निष्कासन गर्न लागेको हो । आज बसेको सञ्चालक समिति बैठकले हकप्रद निष्कासन गरी चुक्ता पूँजी वृद्धि गर्नेगरी स्वीकृतिका लागि साधारणसभामा लैजाने निर्णय गरेको हो ।
एक सूचना जारी गर्दै कम्पनीले सरकारबाट १ अर्ब रुपैयाँ बराबर सेयर लगानीका लागि रकम प्राप्त हुने व्यहोराको पत्र प्राप्त भएबमोजिम सो अनुपातमा हकप्रद सेयर निष्कासन गरिने जनाएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ । यो कम्पनीमा सरकारको लगानी ४४.०४ प्रतिशत छ । त्यस्तै आम सर्वसाधारणको लगानी १६ प्रतिशत, हिमालयन लाइफ इन्स्योरेन्सको ७.२५ लगानी छ । बाँकी विभिन्न कम्पनीको लगानी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4