+
+
Shares

देउवा समूहद्वारा महाधिवेशनका लागि पाँच समिति गठन, महतदेखि साउदसम्मलाई जिम्मेवारी

९ मंसिरमा बसेको मूल तयारी समितिको बैठकको निर्णयअनुसार प्रचारप्रसार समितिको संयोजकमा डा. प्रकाशशरण महत मनोनीत भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते १५:४२

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनको तयारीका लागि पाँचवटा समिति गठन गरेको छ ।

महाधिवेशन तयारी समितिका संयोजक प्राडा. शशांक कोइरालाले शुक्रबार विभिन्न समितिका संयोजक मनोनयन गरेको सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलले जानकारी दिए ।

९ मंसिरमा बसेको मूल तयारी समितिको बैठकको निर्णयअनुसार प्रचारप्रसार समितिको संयोजकमा डा. प्रकाशशरण महत मनोनीत भएका छन् ।

त्यस्तै, अतिथि सत्कार एवं समन्वय समितिको संयोजकमा एनपी साउद र प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन समितिको संयोजकमा मोहनबहादुर बस्नेत मनोनीत भएका छन् ।

यसैगरी, सांस्कृतिक समितिको संयोजकमा विद्या तिमिल्सिना र स्वास्थ्य समितिको संयोजकमा डा. अमित कार्कीलाई जिम्मेवारी दिइएको संयोजक कुइकेलले जानकारी दिए ।

देउवा समूहको १५औं महाधिवेशन २१–२३ मंसिरमा काठमाडौंमा हुँदैछ । देउवा समूह अहिले जिल्ला र प्रदेश अधिवेशनहरू गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?