+
१०औं राष्ट्रिय खेलकुद :

फुलकन्ट्याक्ट कराते : ९६ खेलाडी क्वार्टरफाइनलमा, कातातर्फ आठजना सेमिफाइनलमा

२०८३ मंसिर  १२ गते १७:०७ २०८३ मंसिर १२ गते १७:०७

१२ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुलकन्ट्याक्ट करातेका विभिन्न विधामा प्रारम्भिक चरणका खेल सम्पन्न भएका छन्।

सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रतियोगितामा १२ विधाका ९६ खेलाडी क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

क्वार्टरफाइनलमा पुग्नेमा महिलातर्फ ४० र पुरुषतर्फ विभिन्न तौल समूहका ५६ खेलाडी छन्।

त्यस्तै, महिला र पुरुष कातातर्फ समान चार–चार जना गरी आठ खेलाडी सेमिफाइनलमा प्रवेश गरेका छन्।

फुलकन्ट्याक्ट करातेका मुख्य प्रशिक्षक कुमार श्रेष्ठका अनुसार बाँकी खेलहरू जारी छन्।

१०औँ राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय