+
१०औं राष्ट्रिय खेलकुद :

महिला क्रिकेटमा सुदूरपश्चिमलाई हराउँदै आर्मी फाइनलमा

२०८३ मंसिर  १३ गते १४:५८ २०८३ मंसिर १३ गते १४:५८

१३ मंसिर, सुर्खेत । त्रिभुवन आर्मी क्लब १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटतर्फ सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।

शनिबार भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गर्‍यो ।  सुदूरपश्चिमले दिएको ७० रनको लक्ष्य आर्मीले १० ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो।

आर्मीका कविता कुँवरले नटआउट २० र लक्ष्मी साउदले नटआउट १८ रन बनाए । कविताले १७ बलमा दुई छक्कासहित २० रन बनाउँदा लक्ष्मीले ११ बलमा तीन चौका प्रहार गरिन्। सम्झना खड्काले १६ र रुवि पोद्दारले १३ रनको योगदान दिइन्।

सुदूरपश्चिमकी अनु कडायतले एक विकेट लिइन्। आर्मीका दुई ब्याटर रनआउट भएका थिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ६९ रन बनाएको थियो। उसका लागि ऋतु कनौजियाले १९ र यशु पाण्डेले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमले अतिरिक्तबाट २० रन पाएको थियो।

सुदूरपश्चिमलाई कम स्कोरमा रोक्ने क्रममा आर्मीकी लक्ष्मी साउदले चार विकेट लिइन्। उनले चार ओभरमा १७ रन खर्चिइन्। इश्वरी विष्टले दुई तथा मनिषा उपाध्याय र संगीता गुरुङले एक–एक विकेट लिए।

बलिङमा चार विकेट लिनुका साथै ब्याटिङमा नटआउट १८ रन बनाएकी लक्ष्मी साउद प्लेयर अफ द म्याच घोषित भइन्।

१०औँ राष्ट्रिय खेलकुद महिला क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय