+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

व्यवसायीले भेटे कुवेतका राजदूत

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ५ गते १२:३४

kubet५ मंसिर काठमाडौं । नेपाल कुवेत उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्रवीर मालाकार नेतृत्वको व्यवसाीहरुको टोलीले कुवेतका लागि नवनियुक्त राजदूत यज्ञ बहादुर हमालसँग भेटघाट गरेका छन् ।

नेपालमा जलश्रोत, पयर्टन, स्वास्थ्य, शिक्षा, खेलकुद, पूर्वाधार निर्माणलगायतका क्षेत्रहरुमा कुवेतको तर्फबाट लगानी भित्र्याउन निजी क्षेत्रकोतर्फबाट भईरहेको जोडदार प्रयासलाई नेपाली दूतावासले पनि थप सहयोग हुने अध्यक्ष मालाकारले बताए ।

नयाँ राजदूतको नियुक्तिसंगै उद्योगी व्यवसायीहरुको हौसला पनि वृद्धि भएको उनले बताए । ‘दुई देश बीच आपसी लाभका क्षेत्रहरुमा व्यापार र संयुक्त लगानीमा परियोजनाहरु संचालन गर्न दीर्घकालीन रणनीति निर्माण गर्ने कार्यलाई प्राथमिकता दिनु हुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं’ मालाकारले भने ।

नेपालको पूर्वाधार एवं जलविद्युत क्षेत्रको विकासका लगि कुवेती सरकारले लगानी गर्ने इच्छा देखाए बमोजिम कुवेतको लगानीबोर्डबाट नेपालमा लगानी गर्न तथा नेपाल भ्रमणमा आउने कुवेती पर्यटकहरुको संख्या वृद्धि गर्न पहल गर्ने राजदूत हमालले बताए ।

उनले नेपालबाट कुवेतमा निर्यातको प्रबल सम्भावना रहेको खाद्य पदार्थ, चिया, गलैंचा जस्ता उत्पादनहरुको पनि प्रवर्द्धन गर्न पहल गर्नेछु । नेपाल कुवेत उद्योग वाणिज्य संघले पनि दुइपक्षिय व्यापार बढाउनका लागि समय समयमा राय सल्लाह दिनका लागि अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?