Comments Add Comment

विद्यार्थीले रचनात्मक शुक्रबार मनाउन क्याम्पस सफा गर्ने

safai

४ पुस, काठमाडौं । प्रत्येक महिनाको पहिलो शुक्रबार रचनात्मक शुक्रबार बनाउने अभियान थालेका विद्यार्थी संगठनले काठमाडौंको रत्न राज्य लक्ष्मी क्याम्पसको सरसफाइ गरेर अभियान सुरु गरेका छन् । प्रत्येक महिनाको पहिलो शुक्रबार शैक्षित क्षेत्र सफाइ गर्ने अभियानका रुपमा अर्को महिनादेखि देशैभर सञ्चालन गरिने नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए ।

अभियानका क्रममा देशभर सञ्चालनमा रहेका क्याम्पस अगाडि सफाई गरिनेछ । विद्यार्थी संगठनका विभिन्न कार्यक्रम तथा अन्य जानकारी दिन क्याम्पस प्रशासन क्षेत्र वरपर जथाभावी पोस्टर पम्प्लेट टाँसिने गर्दा त्यहाँ फोहोर भएकोले त्यसलाई सफाइ गर्न अभियान थालेको लामिछानेले बताए । उक्त कार्यक्रम तथा गतिविधिका सूचना दिनका लागि क्याम्पस प्रशासनको सक्रियतामा सूचनापार्टी राख्न लगाइने विद्यार्थी संगठनको तयारी छ ।

त्रिभुवन विश्व विद्यालयलाई ज्ञापन पत्र बुझाउने

यसैबीच विद्यार्थी संगठनले त्रिविमा सेमेस्टर प्रणाली लागु गर्न माग गर्दै आज ज्ञापन पत्र बुझाउने भएका छन् । दिउँसो साढे एक बजे त्रिभुवन विश्वविद्यालयमा गएर भीसीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । ज्ञापनपत्रमा सेमेस्टर प्रणाली लागू गर्न माग गर्ने, विद्यार्थी संगठनसँग भएका सहमति तथा सम्झौता कार्यान्वयनका लागि दबाब दिने तथा स्ववीयु निवार्चनका लागि पहल गर्न आग्रह गर्ने तयारी विद्यार्थी संगठनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment