९ पुस, काठमाडौं । सरकारले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू जिते नेपाली टोलीका प्रत्येक सदस्यलाई जनही १० लाख दिने घोषणा गरेको छ ।
डिभिजन टू जनवरी १७ बाट नामिवियामा हुँदैछ र डिभिजन थ्री विजेता नेपालले आफ्नो पहिलो खेलमा युगाण्डासँग खेल्ने छ ।
सरकारले बुधबार डिभिजन थ्री विजेता टोलीका सदस्यहरुलाई जनही १ लाख प्रदान गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय अनुसार खेलाडी र प्रशिक्षकसहित १८ जनालाई जनही १ लाख प्रदान गरिएको हो ।
कार्यक्रममा खेलकुदमन्त्री पुरुषोतम पौडेलले डिभिजन टू जिते प्रतेक खेलाडीलाई १० लाख दिने बताए ।
कार्यक्रममा नेपाली टोलीका कप्तान पारस खड्काले डिभिजन टूले नेपाली क्रिकेटको भविश्य निर्धारण गर्ने बताए । उनले खेलाडीहरुले आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने भन्दै क्रिकेटको विवाद छिटो मिलाउन आग्रह गरे ।