Comments Add Comment

छिटो संविधान जारी गर : महासंघ

१३ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघले प्रमुख राजनीतिक दलहरूलाई तत्काल सम्वादको प्रक्रिया सुरु गरी छिटोभन्दा छिटो नयाँ संविधान जारी गर्न दलहरुलाई आग्रह गरेको छ । लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीता, धर्म निरपेक्षताजस्ता परिवर्तनका एजेण्डालाई संस्थागत गर्न छिटोभन्दा छिटो संविधानसभाबाट संविधान जारी गर्नुको विकल्प नभएको महासंघको ठहर छ ।

fnj-logoमहासचिव उजीर मगरले मंगलबार निकालेको विज्ञप्तिमा नयाँ संविधान जारी गर्न १२ बुँदे समझदारी, २०६२/०६३ को आन्दोलन र शान्ति सम्झौताका सहयात्री शक्तिहरूबीच न्यूनतम सझदारी र सहकार्य हुनुपर्नेमा जोड दिइएको छ । ‘दलहरूले एकअर्कालाई दोषारोपण गरेर होइन, आत्मसमीक्षा गरी नेपाली जनतासँग गरेको वाचा र सार्वजनिक प्रतिवद्धता अनि नेपाली जनताको आकांक्षालाई आत्मसात गर्दै अघि बढ्नु पर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

नेपाली जनतासँग गरेको वाचा नतोडौं, २०७१ माघ ८ भित्रै संविधान जारी गरौं’ भन्ने आह्वानसहित नेपाल पत्रकार महासंघले तीन महिने विशेष अधियान सञ्चालन गरेको थियो । तर, माघ ८ गते संविधान जारी नहुँदा र प्रमुख राजनीतिक दलहरूबीच द्वन्द्वको अवस्था उत्पन्न हुँदा परिवर्तनका एजेण्डाहरू खतरामा पर्दै गएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment