Comments Add Comment

सीके राउतलाई भेटेको युरोपेली राजदूतले स्वीकारे

१३ माघ, काठमाडौं । नेपालस्थित युरोपेली युनियन र नर्वेका राजदूतहरुले मधेस टुक्राउने एजेण्डा लिएर आन्दोलन गरेका डाक्टर सिके राउतसँग आफूहरुले भेटघाट गरेको स्वीकार गरेका छन् । तर, राउतलाई कुटनीतिक आचारसंहिता उल्लंघन नभएको दाबीसमेत उनीहरुले गरेका छन् ।

EUपृथकतावादी आन्दोलन चलाइरहेका सिके राउतसँगको भेटको विषयलाई लिएर युरोपेली कुटनीतिज्ञहरुको तिब्र आलोचना भएसँगै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग भेट गरेर उनीहरुले राउतसँगको आफूहरुको भेटका विषयमा स्पष्ट पारेका हुन् ।

परराष्ट्रमन्त्रीसँगको भेटपछि युरोपेली युनियनको नेपालस्थित नियोगबाट जारी विज्ञप्तिमा सिके राउत आफ्नो गिरफ्तारीलगायतका विषयका कैयौँ मानवअधिकारसम्बन्धी विषयमा निवेदनसहित नियोगसमक्ष आएपछि उनीसँग भेट तथा छलफल भएको युरोपेली कूटनीतिज्ञले दाबी गरेका छन् ।

जुनसुकै विचारधारा राख्ने व्यक्ति भए पनि हरेक नागरिकको अभिव्यक्तिको स्वतन्त्रताको अधिकार तथा विधिको शासनप्रति युरोपेली युनियन र नर्वे प्रतिबद्ध रहेको र सोही सन्दर्भमा सिके राउतसँग भेट गरिएको प्रष्टीकरण युरोपेली नियोगका प्रमुखहरुले परराष्ट्र मन्त्रीलाई दिएका छन् ।

सिके राउतसँग गरिएको छलफल र भेटघाटलाई उनको राजनीतिक एजेण्डा तथा क्रियाकलापलाई युरोपेली देशहरुले समर्थन गरेको रुपमा बुझ्नु आवश्यक नरहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै सिके राउतसँगको भेटघाटलाई लिएर सम्बद्ध कुटनीतिक अधिकारीमाथि कारवाही गर्ने विषयमा कुनै पनि औपचारिक अनौपचारिक सञ्चार नभएको पनि युरोपेली युनियनले स्पष्ट पारेको छ ।

यो पनि पढ्नुस् 

सीके राउत भेट्ने युरोपेली कूटनीतिज्ञलाई सरकारको चेतावनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment