१६ फागुन, काठमाडौं । शनिबार बिहानै काठमाडौं आइपुगेका एमाओवादी कार्यकर्ताहरु सख्खर र चिउरा खाइरहेको अवस्थामा भेटिए । मध्यपश्चिम एवम् तरार्इतिर सख्खरलाई ‘भेली’ भन्ने चलन छ ।
तराईमा यतिबेला किसानले ऊखु बेच्न नपाए पनि ऊखु पकाएर बनाइने सख्खरको अभाव छैन । ऊखु उत्पादक किसानले ‘भेली’ आफ्नै घरमा पकाउँछन् । भेली र चिउरा खाएपछि भोक क्षणभरमै मेटिन्छ ।
एमाओवादी लगायत ३० दलीय मोर्चाले शनिबार राजधानीमा गर्न लागेको जनप्रदर्शनमा तराई मधेसबाट रात्री बस चढेर युवायुवतीका साथै वृद्धवृद्धासमेत आएका छन् ।
मधेसी दलहरुको पनि सहभागिता रहेको यो प्रदर्शनमा मधेसी समुदायका जनताको समेत बाक्लै उपस्थिति हुने देखिएको छ ।
आदिवासी जनजातिसमेत भएकाले प्रदर्शनमा विविधताको संकेत देखिएको छ ।
प्रदर्शनको तयारीका क्रममा देखिएका केही दृश्य-