१७ जेठ, काठमाडौं । आइतबार बस्ने भनिएको संविधानसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । आइतबार दिउँसो ३ बजे बैठक बस्ने तय भएको थियो ।
तर, सभासदहरु अझै पनि भूकम्प प्रभावित जिल्लामा उद्धार, राहत र पुनर्निर्माणको काममा खटिएको कारण देखाउँदै बैठक आउँदो २१ गतेसम्मका लागि स्थगित गरिएको छ ।
आइतबार विहान बालुवाटारमा बसेको प्रमुख चार दलको बैठकमा संविधानसभा बैठक स्थगित गरी राष्ट्रिय सरकार गठनमा सहमति खोज्ने सहमति भएको थियो ।
संविधानसभाका महासचिव मनोहरप्रसाद भट्टराईले सूचना निकालेर आउँदो २१ गते दिउँसो ३ बजे बस्ने जानकारी दिएका छन् ।