१३ असार, काठमाडौं । लुम्विनी बैंक लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड दुई लाख २२ हजार २२२ रुपैयाँ जम्मा गरेको छ ।
विनाशकारी भूकम्पबाट भएको धनजनको क्षति, भौतिक संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि सहयोग पुर्याउने उद्देश्यले रकम जम्मा गरिएको बैंकले जनाएको छ ।
सहयोग रकमको चेक बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले प्रधानमन्त्री सुशील कोइरालालाई आइतबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा हस्तान्तरण गरे ।
चेक हस्तान्तरण कार्यक्रममा गभर्नर डा. चिरञ्जीवी नेपाल, बैंकका सञ्चालक समितिका सदस्य रामकाजी कोने तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्त पनि उपस्थित थिए ।