Comments Add Comment

सपिला राजभण्डारी “वेष्ट एनआरएन”  घोषित 

sapila rajbhandariबिजय थापा

काठमाडौँ । रुसमा बसोबास गर्दै आएकी गैरआवासीय नेपाली अभियन्ता सपिला राजभण्डारीलाई २०१४ को उत्कृष्ट गैरआवासीय नागरिक ‘बेस्ट एनआरएन’ घोषित भएकी छन् ।

सोलिडारिटी ट्रष्ट नेपालले मंगलबार एक कार्यक्रम गरी राजभण्डारीलाई ‘बेस्ट एनआरएन’ घोषणासहित सम्मान गरेको हो ।

नेपालीका लागि नेपाली भन्ने भावमा प्रतिबद्ध हुदै स्वदेश र बिदेशमा नेपाली बिच र समर्पण लागि उक्त सम्मान राजभण्डारीलाई गरिएको हो l हात्तीगौडा  काठमाडौँमा स्थायी घर भइ रुसको मस्कोबाट गैरआवासीय अभियानमा सक्रिय भएकी सपिलाले कम्प्युटर ईन्जिनीरिंग तथा ब्यापार प्रसासनमा स्नाकोत्तर गरेकी छिन् l

दुःख कष्ट, जोखिम वा विपत्तिमा परेका नेपालीको उद्धार गर्ने, नेपालीहरुको एकताका लागि सक्रिय भूमिका निर्वाह गर्ने, कीर्तीमानी कायम गरी देशको इज्जत एवं गौरव बढाउने तथा नेपाली मात्रको सेवामा जुट्ने कुरामा उच्च योगदान पु¥याउने मध्येका उत्कृष्ट नेपालीलाई हरेक बर्ष सोलिडारिटी ट्रष्ट नेपालले समान गर्दै आएको छ  ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उत्कृष्ट एनआरएनमा घोषित भएकी सपिला राजभण्डारी सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा नेता नेपालले अब संबिधान बनि सकेको अवस्था छ र अब मुलुकले आर्थिक क्रान्तिको साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । संबिधान ज्यादै परिस्कृत भएर आएको भन्दै उनले लोकतान्त्रिक बिधिबाट पारित भएको बताए ।  एनआरएनले उठाएको एक पटकको नेपाली सधैको नेपाली राम्रो लागेको भन्दै अब नया क्षेत्रमा लगानी गर्नुपर्ने भनि नेता नेपालले सुझाब दिए ।

सम्मानित ब्यक्तित्व सपिला राजभण्डारीले भाबुक हुदै आफू नेपाल ४ बर्ष मात्र बसेको भन्दै नेपालमा आएर अहिले सम्म केही गर्ने नसोचेको भए पनि सम्मानित हुन पाउँदा यही आएर केही गर्ने उत्साह जागेको बताइन् ।

कार्यक्रममा एनआरएनका पूर्व अध्यक्ष जिवा लामिछाने, प्रसिद्ध लेखक हिरन्यलाल श्रेष्ठ, भीम उदास, नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशी लगायतले शुभकामना मन्तब्य राखेका थिए l

सोलिडारिटी ट्रष्ट नेपालको तर्फ बाट मिना शर्माले  उत्कृष्ट एनआरएन २०१४ मा सपिला राजभण्डारी घोषित गरेकी थिइन् भने २०१२ मा नाइजेरियाका हिक्मत थापा तथा २०१३ मा साउदी अरबियाका धरम केसीलाई सम्मान गरिएको थियो l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment