+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

राष्ट्रपति र भारतीय राजदूत जनकपुर आउँदै, विरोधमा मोर्चाले जलायो पुत्ला

२९ मंसिर, धनुषा । राष्ट्रपति विद्यादेवी भण्डारी राजजानकी विवाह महोत्सवमा सहभागी हुन बुधबार जनकपुर आउने भएकी छन् । जनकपुर आगमनलाई विरोध गर्दै मधेसी मोर्चाले राष्ट्रपति भण्डारीको पुत्ला जनाएको छ । गंगासागर तलाउ किनारमा मोर्चाका कार्यकर्ताहरुले पुत्ला जलाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २९ गते १८:२६

Janakpur-Birodh

  • जनकचोकमा राष्ट्रपति विद्या भण्डारीको पुत्ला जलाउँदै मधेसी मोर्चाका कार्यकर्ताहरु

२९ मंसिर, धनुषा । राष्ट्रपति विद्यादेवी भण्डारी रामजानकी विवाह महोत्सवमा सहभागी हुन बुधबार जनकपुर आउने भएकी छन् ।

राष्ट्रपति भण्डारीसँगै नेपालका लागि भारतीय राजदूत रणजित राय र प्रधानसेनापति राजेन्द्र क्षेत्री जनकपुर आउने कार्यक्रम तय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

तीनै जना नेपाली सेनाको हेलिकप्टरबाट विहान ११ बजे आउने कार्यक्रम छ । राष्ट्रपति भण्डारीसहित विशिष्ट व्यक्तिहरु विवाहपञ्चमीमा सहभागि हुने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको पराजुलीले बताए ।

मधेसी मोर्चाको विरोध

राष्ट्रपति भण्डारी हेलिकप्टर चढेर जनकपुर आउने र सोही दिन काठमाडौं फर्किने कार्यक्रम छ । जनकपुर आगमनलाई विरोध गर्दै मधेसी मोर्चाले राष्ट्रपति भण्डारीको पुत्ला जनाएको छ । जनक चोकमा मोर्चाका कार्यकर्ताहरुले पुत्ला जलाएका हुन् ।

मोर्चासहित आन्दोलनरत संयुक्त युवा संघर्ष समितिलगायतका संघ संस्थाहरुको बैठकले राष्ट्रपतिको विरोध गर्ने निर्णय गरेको छ ।राष्ट्रपति भण्डारी जनकपुर आउने निश्चित भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय मधेसी गठबन्धन, मधेस क्रान्ति संघर्ष समिति, मातृका यादव नेतृत्वको संयुक्त मधेस राष्ट्रिय आन्दोलन समिति, संयुक्त युवा संघर्ष समिति लगायतका मधेस केन्द्रीत दलहरुले कालो झण्डासहित प्रतिकार गर्ने तमलोपा धनुषा अध्यक्ष परमेश्वर साहले जानकारी दिए ।

सदभावनाका जिल्ला अध्यक्ष संजयकुमार साहले १६ बुँदे सम्झौतामा हस्ताक्षर गर्ने दलका नेताहरुलाई जनकपुर आगमनमा रोक लगाउने निर्णयअनुसार एमालेकी पूर्व उपाध्यक्ष भण्डारीलाई जिल्ला प्रवेशमा रोक लगाउने बताए ।

यसैबीच राष्ट्रपति भण्डारीको जनकपुर आगमन र सम्भावित विरोध प्रदर्शनलाई मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा निकायका उच्च अधिकारीहरु जनकपुर पुगेका छन् ।

राजकमल सिंहको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?