मुम्बई । थप्पड मार्ने र मुक्का हान्ने काममा बलिउड अभिनेता सलमान खानले बद्नामी कमाएका छन् । बिगतमा मुक्का प्रहार गरेकै कारण सलमान आलोचित पनि भए ।
तर, पछिल्लो केही समय यता उनी सभ्य नायकको रुपमा प्रस्तुत हुँदै आएका छन् । लागेको बानी सजिलै छुट्दैन भन्ने उखानलाई उनै नायकले दोहोर्याएका छन् ।
भारतीय मिडियाले उल्लेख गरे अनुसार आफ्नी साथी पि्रति जिन्टा र सुजैन खानसँग डिनर खान जाने क्रममा बडीगार्डलाई थप्पड मारेका थिए उनले ।
जब सलमान कारवाट ओर्लिदै थिए क्यामेरा पर्सन सलमान भएतिर सोझिए तर, सलमानको बडीगार्डले क्यामेरा पर्सनलाई विचैमा रोक्न खोजे । शायद सलमानलाई बडी गार्डको उक्त कदम चित्त बुझेको थिएन बडीगार्डलाई सिधै थप्पड मारेर हटाए ।
सलमानका बडीगार्ड र क्यामेरापर्सनको घम्साघम्सी बलिउडमा सामान्य मानिन्छ । सन २०१४ मा एक इभेन्टमा उनको सुरक्षाकर्मीले फोटोग्राफरलाई दुब्र्यबहार गरेको कारण केही समय सलमानलाई फोटोग्राफरले बहिस्कार समेत गरेका थिए ।