Comments Add Comment

मुक्तिनाथ मन्दिरमा अस्पतालको माग

D6.79 Muktinath Temple_१७ वैशाख, काठमाडौं । मुस्ताङको जोमसोममा रहेको प्रशिद्ध मुक्तिनाथ मन्दिर रहेको स्थलमा अस्पताल खोलिनुपर्ने स्थानीयवासीले माग गरेका छन् ।

स्थानीयको माग अनुसार अस्पताल खोल्नेबारे छलफल भइरहेको मुक्तिनाथ आरधना परिषदका अध्यक्षसमेत रहेका डा. भोला रिजालले बताएका छन् ।

मुक्तिनाथमा नेपाल लगायत भारतबाट पनि तीर्थालुहरुको भीड लाग्ने भएकाले अस्पतालको माग बढेको रिजालको भनाइ छ ।

यसैवीच मुक्तिनाथमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको मुक्तिनाथ स्वास्थ्य सेवाश्रमको स्तरोन्नती गरिने भएकोे छ । मुक्तिनाथ आराधना परिषद्वारा सञ्चालनमा रहँदै आएको मुक्तिनाथ स्वास्थ्य सेवाश्रमको स्तरोन्नती गर्न सरोकारवाला निकायसँग छलफल भइरहेको डा. रिजालले बताए ।

पछिल्लो समय भक्तजनहरुको भीड मुक्तिनाथमा बढ्न थालेसंगै त्यहाँ रहेको मुक्तिनाथ स्वास्थ्य सेवा श्रमले आवश्यक सेवा दिन सकिरहेको छैन ।

मुक्तिनाथ आराधना परिषदको अध्यक्ष समेत रहेका डाक्टर भोला रिजालले स्थानीय जनताको माग र चाहाना बमोजिम अस्पतालको माग बढेकाले त्यसको स्तर उन्नती आवश्यक रहेको औल्याए ।

रिजालले सोहि मागलाई ध्यानमा राखेर अस्पताल निमार्ण गर्ने उदेश्य सहित सबै निकाय छलफलका लागी मुक्तिनाथमा जुटेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment