+
+

खनाल र पुनलाई सशस्त्रको एआईजीमा बढुवा गर्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २५ गते १३:१८

AIG२५ वैशाख, काठमाडौं । गृह मन्त्रालयको बढुवा समितिले सशस्त्र प्रहरी नायव महानिरीक्षक शैलेन्द्र खनाल र जितबहादुर पुनलाई सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ ।

बढुवा समितिले शुक्रबार खनाल र पुनलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । जेष्ठता र कार्यदक्षताका आधारमा बढुवा सिफारिस भएको समितिले जनाएको छ ।

उनीहरु बढुवा भए सशस्त्रमा एआईजीको संख्या ६ पुग्नेछ । हाल एआईजी कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही र प्रकाश ओझा छनु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?