+
+

सदभावनाका क्षेत्रीय अध्यक्ष मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २८ गते १३:२०

२८ वैशाख, रौतहट । सदभावना पार्टीका रौतहट क्षेत्रीय अध्यक्ष अनिलकुमार झा आज मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार वाग्मती नदीमा डुबेको अवस्थामा आज बिहान उनको शव फेला परेको हो । पारिवारका अनुसार सर्लाही जिल्लाको बरहथवामा रहेको खेती हेर्न गएका उनी राति नफर्केपछि खोजी सुरु गरिएको थियो ।

झा रौतहट क्षेत्र नं ४ का सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष हुन् । नदीमा साइकलले थिचिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । शव जिल्ला अस्पताल गौरमा परीक्षणका लागि राखिएको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?