+
+

चितुवा र ध्वाँसेको छालासहित तीन पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १७ गते ७:४९

tiger skin१७ जेठ, काठमाडौँ। केन्द्रीय अनुसन्धान ब्युरोले चितुवा र ध्वाँसेको छालासहित  तीन जनालाई पक्राउ गरेको छ ।

ब्युरोबाट खटिएको टोलीले हिजो दुर्लभ वन्यजन्तु चोरी गरी बेच्न लगेको अवस्थामा बूढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नुवाकोटका रुपबहादुर तामाङ, सुरेश तामाङ र धादिङका कुलबहादुर घले रहेका छन् ।

दुर्लभ वन्यजन्तु गैरकानुनी रुपमा ओसारपसार गर्न नपाइने साइटिस महासन्धि १९७५ लाई उलङ्घन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाको साथबाट प्रहरीले चितुवा र ध्वाँसे चितुवाको तीन थान छाला बरामद गरेको छ ।

उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?