+
+

नेकपा एमालेको स्थायी समितिको बैठक आज पनि

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २३ गते ९:४४

uml२३ जेठ, काठमाडौं । हिजोबाट सुरु नेकपा एमाले स्थायी समितिको बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, सरकार सञ्चालमा देखिएका समस्या लगायतका विषयमा छलफल हुने छ । हिजो को बैठकमा नेताहरुले बोल्ने क्रम नसकिएकाले बाँकी नेतारुले आज आफ्नो धारणा राख्ने कार्यक्रम रहको छ । पार्टीका आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ ।

हिजोको बैठकमा नेताहरुले माओवादीसँग भएको भनिएको भद्र सहमतिबारे शीर्ष नेतृत्वसँग प्रष्ट पार्न माग गरेका थिए । बैठकमा प्रधानमन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक  एकता कायम गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

त्यस्तै बैठकले देशको स्वतन्त्रता र सार्वभौमसत्ता रक्षाको लागि एकताबद्ध भएर अगाढि बढ्न सबै राजनीतिक दललाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?