+
+

काबुल आक्रमणका घाइते च्याङबाको निधन, मृतकको संख्या १३ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ८ गते २०:०९

Kabul Attcak

८ असार, काठमाडौं । काबुल आक्रमणमा गम्भीर घाइते भएका च्याङ्बा तामाङको मृत्यु भएको छ । यससँगै आक्रमणमा मारिने नेपालीको संख्या १३ पुगेको छ ।

सोमबार अफगानिस्तानको राजधानी काबुलमा तालिबानले गरेको आत्मघाती आक्रमणमा १२ नेपालीको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।

मृतकको शव बुधबार काठमाडौं ल्याइएको छ । घाइते पाँच जनालाई उप उपचारका लागि भारत ल्याइएको छ ।

च्याङ्बा र अर्का एक घाइतेको भने अफगानिस्तानकै अस्पतालमै उपचार भइरहेको थियो । उपचारका क्रममा च्याङ्बा मृत्यु भएको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।
साथै शव नेपाल ल्याउन आवश्यक प्रक्रिया सुरु गर्न कार्यबाहक राजदूत तीर्थ अर्याललाई निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?