Comments Add Comment

श्रीनगरडाँडामा बोरिङमार्फत पानी

१० असार, पाल्पा । तानसेनस्थित श्रीनगरडाँडामा ढुङ्गामा बोरिङ गरेर जमिनमुनिबाट पानी निकालिएको छ । डाँडामा पानी निकाल्न सफल भए पनि अहिले परीक्षणका रुपमा रहेको र डाँडामा पनि बोरिङको प्रयोग गरी पानी निकाल्न सकिने जानकारहरु बताउँछन् ।

पहाडी जिल्ला पाल्पा सदरमुकाम तानसेनमा वर्षौंदेखि खानेपानीको समस्या नौलो होइन । खानेपानी तथा सरसफाइ कार्यालय पाल्पाको रु २५ लाख लागतमा श्रीनगरडाँडामा १३० मिटर गहिराइमा केरिङ पाइप हालेर बोरिङमार्फत पानी निकाल्न सफल भएको हो ।

फाइल फोटो
फाइल फोटो

खानेपानी तथा सरसफाइ कार्यालयका इन्जिनियर उत्सव पोखरेलका अनुसार यो ढुङ्गा फुटाएर पानी निकाल्ने काम पहिलो भएकाले श्रीनगरमा पानी निकाल्न पहिलो र दोस्रो चरण सफल भएको बताए ।

प्रतिसेकेन्ड तीन लिटर पानी बोरिङको प्रयोग गरेर निकाल्न सकिने इन्जिनियर उत्सव पोखरेलले बताए ।

आठ÷दस घन्टा बोरिङ नगरीकन दैनिक कति पानी आउँछ भन्ने यकिन गर्न नसके पनि करिब दैनिक दुई लाख ५० हजार लिटर पानी आउन सक्ने सम्भावना रहेको छ ।

पोखरेलका अनुसार ढुङ्गाको कापबाट झरेको पानीलाई एकीकृत गरी निकालिएको हो । डाँडामा बोरिङ गरी पानी निकाल्ने प्रविधि पाल्पामा नयाँ भएकाले यस प्रविधिलाई चासोका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment