+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विमानस्थलको अध्यागमनमा फेसबुक र युट्युब ‘ब्लक’

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १५ गते १२:५९

facebook-and-youtube
१५ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा फेसबुक र युट्युब चलाउन निषेध गरिएको छ ।

अध्यागमनका कर्मचारी कामको समयमा पनि फेसबुक चलाएर बसेको समाचार प्रकाशित भएपछि अध्यागमन कार्यालयले आफ्नो कार्यालयमा फेसबुक र युट्युब साइटलाई ‘ब्लक’ गरेको हो ।

आगमन र प्रस्थानतर्फका दुबै काउण्टरहरुमा फेसबुक र युट्युब चलाउन नपाइने गरी बन्द गरिएको अध्यागमन कार्यालयका निमित्त प्रमुख उद्धवप्रसाद तिमल्सिनाले बताए ।

‘अब पहिलेजस्तो गुनासो सुन्न नपरोस् भनेर हामीले यो कदम चालेका हौं,’ उनले भने, ‘सेवा दिन बसेका कर्मचारी अब फेसबुकमा व्यस्त भएको गुनासो नआउनेमा विश्वस्त छौं ।’

केही समयअघि एक सेवाग्राहीले अध्यागमनका कर्मचारी फेसुबक चलाएर बसेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । त्यही फोटो सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भाइरल भएपछि प्रधानमन्त्री कार्यालयले विमानस्थलको अध्यागमनसँग त्यसबारे स्पष्टीकरण मागेको थियो ।

कार्यालयले यसबारेको स्पष्टीकरण र फेसबुक बन्द गराइएको जानकारी प्रधानमन्त्री कार्यालयलाई दिइसकेको छ ।

देशको प्रमुख प्रशासनिक निकाय सिंहदरवारभित्र पनि फेसबुक ब्लक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?