+
+

‘बेल्जियमविरुद्धको खेल वेल्सका लागि १९५८ पछिकै ठूलो’

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १७ गते ८:३०

Walesयुरो २०१६ मा बेल्जियमविरुद्धको खेल १९५८ विश्वकपपछिको सबैभन्दा ठूलो खेल भएको वेल्सका प्रशिक्षक क्रिस कोलम्यानले बताएका छन् ।

१९५८ विश्वकपमा ब्राजिलसँग पराजित भएपछि वेल्स ५८ वर्षसम्म ठूला प्रतियोगिताको फाइनल चरणमा पुग्न सकेका थिएन ।  विश्व वरियताको २४ औं नम्बरमा छ । र, दुई स्थानमाथि रहेको बेल्जियमसँग आज शुक्रबार खेल्दैछ ।

दाउमा के रहेको भन्ने आफूहरुलाई थाहा रहेको भन्दै उनले भने, यसका लागि शानदार दबाव छ ।’ उनले अघि भने, १८५८ को क्वार्टरफाइनलपछि हाम्रा देशका लागि यो ठूलो खेल हो ।’

रियल मड्रिडका ग्यारेथ बेल र आर्सनलका आरोन राम्सीसहितको बेल्स अहिले निकै राम्रो फर्ममा देखिएको छ ।

बेल्जियम पनि राम्रो टिम हो । उसले पनि वेल्सले जस्तै समूह चरणको तीन मध्ये दुई खेल जितेको थियो । र, उसको टिममा पनि प्रिमियर लिगका अेलाडीहरु छन् । इडेन हजार्ड, केभिन डि ब्रुयेन र रोमेलु लुकाका उसका भरपर्दा खेलाडी हुन् ।

खेल हेर्दा वेल्समा झण्डै २० हजार समर्थक लिले पुग्नेछन् । तर, बेल्जियमको सीमा त्यहाँबाट करिव १० माइल मात्र छ र १ लाख ५० हजार भन्दा बढी बेल्जियमका समर्थक त्यहाँ हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?