गाइ, भैँसी, बाख्रा लगायतको दुध त पिउनु भएकै होला । तर के तपाइँले गधाको दुध खानुभएको छ ।
अधिक पौष्टिक तत्वका कारण गधाको दुध सबैभन्दा महंगो मूल्यमा बिक्ने गरेको छ, भारतमा । भारतको बैंगलोरमा एक चम्चा गधाको दुधको लागि मानिसहरुले ५० रुपैयाँ भारुसम्म तिर्ने गरेका छन् ।
नवजात शिशुहरुलाई गधाको दुध पिलाउँदा रोग प्रतिरोधी क्षमता बढ्ने भन्दै आमाहरुले महगो मूल्य तिरेर गधाको दुध किन्न गरेका छन् । १ लिटर गधाको दुधको लागि २ हजार भारुसम्म दिन मानिसहरु तयार हुन्छन् ।
विशाखापटनममा एक कम गधाको दुधको लागि मानिसहरुले २ सय भारुसम्म तिर्ने गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4