+
+

पूर्वाञ्चल सरोकार समाज कोरियाको प्रथम अधिवेशन हुँदै

राजु थापा राजु थापा
२०७३ मंसिर ८ गते ८:०६

दक्षिण कोरिया । पूर्वान्चल सरोकार समाज कोरियाको प्रथम अधिवेशन हुने भएको छ ।  नोभेम्बर २७ तारिख आईतबार सिओलको दोङदेमुन नजिकै सिनसलदोंङ स्थित नेपाल हाउसमा मध्यान्ह १२ बजे गर्ने भएको छ।

purbanchal-samaj-koreaपूर्वान्चल सरोकार समाज कोरियाको तदर्थ समितिको नोभेम्बर १३तारिख सिओलमा बसेको बैठकले “पुर्वान्चल सरोकार समाजको सामुहिक लगानीको अभियान,आर्थिक विकास र समृद्ध नेपाल हाम्रो स्वाभिमान” भन्ने मुल नाराका साथ पुर्वान्चल सरोकार समाज कोरियाको प्रथम अधिवेशन आउँदो २७ तारिख आईतबार सिओलको दोङदेमुन नजिकै सिनसलदोंङ स्थित नेपाल हाउसमा मध्यान्ह १२ बजे उदघाटन गर्ने निर्णय गरेको हो ।

पुर्वान्चल सरोकार समाज कोरियाका सल्लाहकारहरू,पुर्वान्चल क्षेत्रका विभिन्न क्षेत्रीय र जतिय संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू को उक्त बैठकमा उपस्थिति रहेको थियो । प्रवासमा रहेका नेपालीहरूको बिचमा सहयोग, सहकार्य र एकता गर्दै विदेशमा सिकेको ज्ञान,सिप र कमाएको पुंजी लाई स्वदेशमा सामुहिक लगानी गर्दै विकास तथा रोजगारीको अवसरहरू सृजना गर्ने भन्ने उद्देश्यले केहि समय अघि यस संस्थाको स्थापना भएको थियो।

प्रथम अधिवेशन उद्घाटन समारोहमा कोरियामा रहेका सम्पुर्ण संघ संस्थाका प्रतिनिधी,ब्यबसायी, बिद्यार्थी,बुद्धिजीवी,खेलाडी,पत्रकार लगायत,प्रतिष्ठित व्यक्तित्वहरू,विभिन्न पेशा र व्यवसायमा आबद्ध पूर्व मेची देखि पश्चिम महाकाली तथा उत्तर हिमाल देखि दक्षिण तराई मधेस सम्मका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिवहिनिहरूलार्इ अतिथिको रूपमा गरिमामय उपस्थित जनाइदिनु हुन हार्दिक अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?