+
+

भारतपछि भेनेजुएलामा पनि ‘नोटबन्दी’

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २७ गते ८:११

venezuelacurrencybolivarafp२७ मंसिर, काठमाडौं । भेनेजुएलाको सरकारले ७२ घण्टा भित्र देशको सबैभन्दा ठूलो मूल्यको बैंक नोटलाई सिक्कामा बदल्ने घोषणा गरेको छ ।

सरकारको यस फैसलाले तस्करी तथा खाद्य समस्याबाट छुटकार पाउने अनुमान गरिएको छ ।  राष्ट्रपति निकोलस मादुरोले नोट प्रतिवन्धले तस्कर गिरोहलाई पैसा ठेगान लगाउन समय नमिल्ने बताए ।

भेनेजुएलामा १०० बोलिवरको बैंक नोटको मूल्यमा पछिल्लो समय गिरावट आएको छ । र, यसको मूल्य दुई अमेरिकी सेन्ट बराबर भएको छ ।

गम्भीर आर्थिक तथा राजनीतिक संकटको सामना गरिरहेको भनेजुएलामा महँगी उच्च दरमा बढ्दा महँगीको दर विश्वको सवैभन्दा धेरै भएको छ ।

भारतमा पनि प्रधानमन्त्री नेरन्द्र मोदीले गत महिना ५०० तथा १००० रुपैयाँको नोट बन्द गर्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?