३ माघ, काठमाडौं । राष्ट्र बैंकले उच्च कर्जा विस्ता भएको भन्दै चासो देखाएको क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले ६३ प्रतिशतसमम कर्जा बिस्तार गरेका छन् । गत आवको मंसिरसम्ममा अटो लोन (हायर पर्चेज)मा ८३ अर्ब लगानी गरेका यी संस्थाले यो क्षेत्रमा यस मंसिरसम्ममा ६३ प्रतिशतले कर्जा बिस्तार गरेर १ खर्ब ३६ अर्ब पुर्याएका छन् ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा ४६ प्रतिशत, ओभरड्राफ्ट लोन ३५ प्रतिशत, आवासीय घरकर्जामा २९ प्रतिशत र रियल इस्टेटमा ३० प्रतिशतले कर्जा वृद्धि गरेका छन् ।
राष्ट्र बैंकले ओभरड्राफ्ट कर्जा, सेयर कर्जा, घरजग्गा कर्जामा उल्लेख्य वृद्धि भएकोले यसमा चासो बढेको उल्लेख गरेको छ ।