Comments Add Comment

विदेशबाट फर्किएकाको निःशुल्क सीप परीक्षण

Photo Credit : प्रतिकात्मक तस्वीर

१९ चैत, काठमाडौं । सरकारले पहिलोपटक वैदेशिक रोजगारीबाट फर्किएका कामदारको सीप परीक्षण गर्ने भएको छ । आगामी वैशाख ३ देखि ७ गतेसम्म यसअघि आवेदन दिइसकेका कामदारको सीप परीक्षण गर्ने तालिका तय भएको छ ।

सरकारले गत मंसिरमै सीप परीक्षणका लागि इच्छुक कामदारसँग आवेदन मागेको थियो । जसमा झण्डै ५ सय कामदारले आवेदन दिएका थिए ।

विदेशमा विभिन्न काम गरी सीप आर्जन गरेर फर्किएकाहरुको सीप परीक्षण गरेर स्वदेशमा प्रमाणपत्र दिन लागिएको वैदेशिक रोजगार व्यवस्थापन बोर्डले जनाएको छ ।

यो परीक्षण पास भएर प्रमाणपत्र पाएपछि कामदारले स्वदेशमा रोजगारी पाउन सहज हुने र विदेश नै गएपनि राम्रो कमाइ गर्न सक्ने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए ।

बोर्डले राष्ट्रिय सिप विकास समितिमार्फत निःशुल्क यो परीक्षण गराउादैछ । चैत २० गते प्रदेश नम्बर १ मा इटहरीको पाथिभरा हिमालय पोलिटेक्निक इन्स्टिच्यूटमा सीप परीक्षण गर्ने कामदारलाई सहजीकरणका लागि अभिमुखीकरण आयोजना गरिएको छ ।

प्रदेश नम्बर २ मा चैत २२ गते महोत्तरीको बर्दिवासमा रहेको सैलुङ होटल एण्ड रेस्टुरेन्टमा कार्यक्रम हुनेछ । चैत २२ मै प्रदेश नम्बर ३ मा चितवनको नारायणी पोलिटेक्निक इन्स्टिच्यूट, कर्णाली प्रदेशको सुर्खेतस्थित घरेलु तथा साना उद्योगको कार्यालय, सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलालीको धनगढीमा रहेको धनगढी कलेज अफ इन्फरमेसन टेक्नोलोजीमा पनि अधिमुखीकरण हुनेछ ।

भक्तपुरको सानोठिमीस्थित प्राविधिक प्रशिक्षण प्रतिष्ठानमा चैत २६ गते पनि यस्तै कार्यक्रम सञ्चालन हुनेछ । कामदारले प्रयोगात्मक परीक्षा दिएर सीप परीक्षा पास गर्नुपर्छ । यस्तो सीपको प्रमाणपत्र लिएकालाई देशभित्रै आत्मनिर्भर बन्ने गरी स्वरोजगर बन्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

यो पटक २० वटा विषयमा सीपको परीक्षण गर्ने तयारी छ । स्क्रापफोल्डर, बिल्डिङ असिस्टेन्ट, वेटर, इलेक्टि्रसियन, बिल्डिङ पेन्टर, हाउसकिपिङ क्लिनर, रेपि|mजेनेटर एन्ड एअर कन्डिसन जुनियर मेकानिक्स र आल्मुनियम फेबि्रकेटर, सटरिङ कार्पेन्ट्रीमा काम गरेकाहरुको सीप परीक्षण हुनेछ ।

यस्तै टेलरिङ, फर्निचर मेकर, असिस्टेन्ट ब्युटिसियन, स्ट्रक्चरल फेबि्रकेटर, सेक्युरिटी गार्ड, इन्डेस्टि्रयल इलेक्टि्रसियन, केयर गिभर, आर्क वेल्डर, एक्साभेटर अपरेटर, जुनियर प्लम्बर, स्टोन लेयर मेसन सीप परीक्षण प्रमाणीरकण गरिनेछ ।

औपचारिक  शिक्षा नलिएकालाई पनि सीप परीक्षणमा पास भए लेभल-१को कामदार सरह प्रमाणपत्र दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment