+
+

दोस्रो किस्ता अनुदानका लागि १२ अर्ब निकासा

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १३ गते १६:४९

sindhupalchok-reconstruction-16
१३ माघ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा आवास अनुदानको दोस्रो किस्ताका लागि झण्डै १२ अर्ब निकासा गरेको छ । ११ अर्ब ७५ करोड ५० लाख रुपैयाँ वितरण गर्न अख्तियारी दिइएको प्राधिकरणले बताएको छ ।

यो रकम संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यन्वयन इकाई र भूकम्पीय आवास पुननिर्माण आयोजनालाई बिहिवार अख्तियारी दिइएको प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले बताए ।

यो निर्णय कार्यान्वयनका लागी सरोकारवाला निकायलाई पत्राचार गरिएको छ । पहिलो किस्ता पाइसकेर आधारभुत तहको निर्माण कार्य सम्पन्न गरिसकेका लाभग्राहीलाई दोस्रो किस्ताको आवास अनुदान रकम बितरण गरिने पोखरेलले बताए ।

तत्कालका लागि दोस्रो किस्ताको रुपमा रहने १ लाख ५० हजार रुपैयाँ अनुदान लिन आउने लाभग्राहीलाई वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?